चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:११

चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो ।

आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले ९ढिलाइ० भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । चिसो बढेसँगै मौसम बिग्रिएका कारण मंगलबार बिहान बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरूलाई गराएको थियो ।

प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय गन्तव्यका लागि अझै उडान हुन नसकेको सम्बन्धित वायुसेवा कम्पनीहरूले बताएका छन् । ती वायुसेवा कम्पनीहरूले मौसम अनुकूल भए पनि नियमित उडान सुचारु हुने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने अहिलेसम्म उडान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*