मकवानपुरमा कृषिमा यान्त्रिकरणः गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो
हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा अहिले गोरु पालेर खेत बारी जोत्ने किसानको सख्या घट्दै गएको छ । अहिले सम्म खेतमा ट्याक्टर र साघुरो बारीमा साना टिलरले जोत्ने गरीएको छ । मकवानपुरको गाउँ गाउँका किसानले अहिले खेती गर्दा र भित्रयाउँदा समेत प्रबिधिको प्रयोग गर्न थालेका छन् ।
गोरु पाल्ने किसान र हली समेत नभएका कारण प्रबिधिको प्रयोगमा किसानले जोड दिएका हुन् । खेतीमा प्रबिधिको प्रयोगमा मकवानपुरको दश वटै स्थानीय सरकार र बागमती प्रदेश सरकारले सहयोग गरेको छ । यसबाट साना किसानहरु समेत लाभान्वीत भएका छन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको मकवानपुरगढीका किसान हेमनाथ सापकोटा वताउनुहुन्छ । अहिले गोरु पाउनै मुस्किल छ । त्यसैले पनि किसानहरु यस तर्फ लागेका हुन् ।
अहिले मकवानपुरका गाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् । ‘खेती गर्नका लागि प्रबिधिको प्रयोगमा जोड दिइएको र अनुदानका कार्यक्रमबाट पनि सहयोग गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने गरेको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने गरेको छ ।