हेटौंडामा एमाले मकवानपुरको मोटरसाईकल र्‍याली

जनपत्र
७ मंसिर २०७८, मंगलवार १७:१४

हेटौंडा । नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा बृहत मोटर साईकल र्‍याली सुरु भएको छ ।

चितवनमा हुने महाधिवेशनको प्रचार प्रसारको लागि हेटौंडा-४ को हुप्रचौरबाट सुरु भएको मोटरसाईक र्‍याली हेटौंडा उपमहानगरपालिको परिक्रम गर्नेछ ।

र्‍यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा,बकैया,बागमती,मनमहरी,मकवानपुगढी,भीमफेदी लगाएतबाट पनि सहभागि भएका छन् । र्‍यालीमा करिब एक हजार मोटरसाईकल,सना गाडीहरु को सहभागिता रहेको छ ।

आज हेटौंडाको हुप्राचौरबाट सुरु भएको मोटरसाइकल र्‍याली एचआइडी, गौरीटार, चौघडा, कान्तिराजपथ, मानस चोक हुँदै सिमाचोकमा आएर समापन हुनेछ । र्‍यालीमा १ हजार मोटरसाइकल रहेको थियो ।

र्‍यालीमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डोरमणी पौडेल,एमाले जिल्ला अध्यक्ष बद्री लम्साल लगाएत एमाले प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु सहित भातृ संगठनका जिल्ला प्रमुखहरुसहितको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*