सुरक्षाका नाममा वकिलमाथि लाठी प्रहार गर्नु न्याय मार्नु सरह : वरिष्ठ अधिवक्ता ज्ञवाली

जनपत्र
७ मंसिर २०७८, मंगलवार १६:०३

काठमाण्डाै – वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसरभित्र न्याय परिषद्का सदस्यमाथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताउनुभयो ।

आज मङ्गलवार प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा परिसरमा आयोजना गरेकाे कोणसभालाई सम्बोधन
गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले एउटा वकिलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै सुरक्षाका नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता ज्ञवालीले भन्नुभयो, ‘संसारमा मैले अध्ययन गर्दा दुई सय १९ राष्ट्रको न्यायपालिका के रहेछ भन्दा न्यायपालिकाको ढोकाभित्र आएर प्रहरीले हस्तक्षेप गर्ने कुरा निरङ्कुश शासकको ठाउँमा पनि हुँदो रहेनछ, त्यसैले जहाँ वकिल उभिन्छ, कालोकोट उभिन्छ त्यहाँ रक्षा कवच जस्टिसको लयरले गर्छ, सुरक्षाका नाममा अदालत परिसरभित्र न्याय परिषद् सदस्यमाथि लाठी प्रहार गरिन्छ भने त्यो न्यायमाथिको न्याय मार्नु हो, न्याय अन्त्य हुनु हो । त्यस कारण अब आइन्दा यो परिसरभित्र कुनै पनि हालतमा गृह प्रशासनले एउटा पनि प्रहरी हस्तक्षेप गर्नु हुँदैन, एउटा वकिललाई उसको अभिव्यक्ति वा विचारलाई रोक्न प्रयास गरिन्छ भने त्यो न्यायमाथिको बन्देज हुन्छ, न्याय मर्ने हुन्छ ।’
वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई पर्सि बिहीवारदेखि कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरेको पनि बताउनुभयो ।

यसैबीच नेपाल बार एसाेसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले पर्सि बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*