बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको ज्यान गयो

जनपत्र
७ मंसिर २०७८, मंगलवार १२:२०

काठमाण्डाै – बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ  ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई ‘सिल’ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*