हेटौंडा–१५ ठुलो सुकौलीमा ५० लाख लागतमा सडक निर्माण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ ठुलोसुकौली जाने कृषि सडकको आज उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सडकको उद्घाटन् गर्नुभयो । उपमहानगरपालिका र स्थानीय उपभोक्ता समिति समेत गरेर कुल ५० लाख रुलगानीमा यस क्षेत्रमा सडकको स्लाब ढलान गरिएको हो ।
हेटौंडाका पछी थपिएका वडाहरुमा पक्की सिडक निर्माणले तिब्रता पाएको मेयर महतको भनाई छ । छ मिटर चौडाइ र ३ सय ५० मिटर लामो सडक पक्की गरिएको हो । पहिले कच्ची सडक हुँदा स्थानीयले समस्या बेहोर्दै आएपनि अहिले भने निकै सहज र सजिलो भएको वताएका छन् । कार्यक्रममा नेकपा एमाले मकवानपुरका युवा नेता सुनिल मोक्तान लगायतकाको सहभागिता रहेको थियो ।