कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को यस्तो छ मत परिणाम
हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनको मत परिणाम आएको छ ।
मंगलबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नंबर १ बाट महाधिवेशन प्रतिनिधिका लागी भएको मतदानबाट खुल्ला पुरुष तर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक ६७६ मत सहित निर्वाचित भएका छन् ।
यसैगरी खुल्ला पुरुष तर्फ बाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), बिष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघु रमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबू बानियाँ (४४१) र तारा चन्द बजगाई (४०५) विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागी प्रत्यासी रहेका शेर बहादुर लामा (३९६), राजु खतिवडा (३८९), होम नाथ गौतम (३०७) र चोक बहादुर ठाँडा मगर (२६९) मत प्राप्त गरेका थिए ।
यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५९७), प्रबित्रा बि क (५८३), अन्जना उपाध्यया (४८७) र मिरा बन्जारा (४७२) विजयी भएका छन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ रिता खनाल भने पराजित भएकी छन् । उनले ३८८ मत प्राप्त गरिन् ।
यस्तै प्रत्यक्ष जनजाती पुरुष तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४९६), अशोक राज शाक्य (४५६) शुभात थिङ ४७० विजयी विजयी भएका छन् ।
यसैगरी क्षेत्रिय समितिको सचिवमा दोर्जे लामा स्याङतान ५५४) र कविन संगामी (४९९) विजयी भएका छन् । सचिवका अर्का प्रत्यासी रमेश ढकालले २५५ मत पाए ।
यसअघि,सोमबार भएको क्षेत्र नंबर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी समितिको क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका थिए।
यसैगरी क्षेत्र नंबर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित भएका छन् ।