हेटौंडामा निशुल्क शब बहान सेवा प्रभाबकारी बन्दै
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/sab-bahan-htd.jpg)
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निशुल्क सबबहान सेवा प्रभाबकारी बन्दै गएको छ । सेवा सुरु गरेदेखि हाल सम्म ५० वटा सव निशुल्क रुपमा ओसारपसार गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । दाहसंस्कार गर्नका लागि सडकमा खाली गोडा हिडेर आर्यघाट सम्म लैजानुपर्ने नगरवासीको बाध्यतालाई मध्यनजर गरेर सवबहानको सेवा दिइएको उहाँले बताउनुभयो ।
सवबहानको सेवा निशुल्क रुपमा आवस्यक पर्ने वित्तिकै प्रयो गर्नपनि मेयर महतले आग्रह गर्नुभएको छ । बिशेषगरी हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्न ल्याउनुपर्ने प्रकृतिका सवहरु सवबहानले बोकेको छ । कालगतिले मृत्यु भएकाहरुलाई पनि शवबहानले बोक्दै आएको छ । मकवानपुरको बिभीन्न गाउँपालिकामा आत्म हत्या गरेर मृत्यु भएकाहरुको सव पनि अस्पताल सम्म निशुल्क रुपमा ल्याउने गरिएको मेयर महतले बताउनुभयो ।
पहिले मकवानपुरको बिभीन्न गाउँपालिका र उपमहानगरपालिका क्षेत्रमा लडेर, डुवेर, झुण्डीएर, विष सेवन गरेर मृत्यु भएमा गाउँका ट्याक्टरमा ल्याउनुपर्ने अथवा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले भने यही समस्या भने हटेको मेयर महतले वताउनुभयो ।