ललितपुर प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’

जनपत्र
७ मंसिर २०७८, मंगलवार ०६:१६

ललितपुर प्रहरी परिसरमा सोमबारदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सन्चालनमा आएको छ। प्रहरी नायब महानिरिक्षक(डीआईजी उत्तम सुवेदीले एक समारोहबीच कन्ट्रोल रुमको उदघाटन गरे।

स्टार अस्पतालका कार्यकारी अध्यक्ष अशोककुमार महर्जन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, ग्लोबल आईएमईका रत्नराज बज्राचार्य, पन्चकन्य ग्रुपका अध्यक्ष प्रदिप श्रेष्ठ, जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सिमा गोल्छालगायतको सहयोगमा स्मार्ट कन्ट्रोल रुम तयार भएको ललितपुर प्रहरी परिसर प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

‘यसले प्रहरीलाई अपराध अनुसन्धान र नियन्त्रणमा ठुलो सहयोग गर्ने छ’, उनले भनिन्। एसएसपी बज्राचार्यले अपराध अनुसन्धान तथा नियन्त्रणमा सुचना प्रविधिलाई पछ्याउनुको विकल्प नरहेको उल्लेख गर्दै भावी जिल्ला नेतृत्वले यसको महत्व महसुस गर्ने वातावरण तयार भएको बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*