महाधिवेशन प्रतिनिधिमा देउवालाई शतप्रतिशत मत, आरजु सर्वसम्मत

जनपत्र
७ मंसिर २०७८, मंगलवार ०५:५७

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा रेजा लगाइएको थियो । तर मतपत्रमाको १९ नम्बरमा नाम रहेका देउवाले चुनाव लडेका थिए । देउवा शतप्रतिशत मतसहित महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।

देउवालाई सभापतिमा दोहोरिन कति चुनौती रु कति सहज ?
काँग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर देउवालाई विगतमा पनि डडेल्धुराबाट यसरी नै महाधिवेशन प्रतिनिधिमा ल्याउने गरिएको छ ।

त्यस्तै देउवाकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजु राणा सर्वसम्मत रूपमै महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । देउवा, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

१४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन सुरु भएको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । वडा  अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।

एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा समेट्ने निर्णय भएकाले निर्वाचन क्षेत्र पिच्छे संख्या तलमाथि हुने छ ।

सोमबार प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन सुरु भएको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न समेत महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने प्रावधान छ मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*