आत्मरक्षा तालीम सम्पन्न
हेटौंडा । प्रदेश युवा परिषद् बामगती प्रदेशको आयोजनामा चितवनमा भएको २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । चितवनको राप्ती नगरपालिकामा सञ्चालीत २ दिने महिला आत्मरक्षा तालिमको उद्घाटन बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले गर्नुभएको थियो ।
नेपाल सेल्फ डिफेन्स संघकि बरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल०, सहायक प्रशिक्षक डिलकुमारि नेपाल, खुश माया काउचाले प्रशिक्षण दिएका थिए । तालिममा ३५ जना महिलाहरु सहभागी भएको कार्यक्रम संयोजक युवा परिषद् बागमती प्रदेशका सदस्य केदार आचार्यले बताए ।
आज समापन कार्यक्रममा सहभागीहरुलाई राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल एबम प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रमाणपत्र बितरण गरेका थिए । यसअघि बागमती प्रदेश युवा परिषद् कार्यालयले हेटौंडामा युवालाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेको थियो ।