नेपाली कांग्रेस मकवानपुर क्षेत्र नंबर १ को सभापतिमा खनाल निर्विरोध

जनपत्र
६ मंसिर २०७८, सोमबार १६:३६

हेटौँडा – नेपाली कांग्रेस मकवानपुरको संघिय क्षेत्र अन्र्तगत क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् । जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध भएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*