महिला टी–२० विश्व कप एसिया छनाेटमा नेपाल हङकङसँग पराजित

जनपत्र
६ मंसिर २०७८, सोमबार १५:२७

unn.prixa.net

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय पाँच रनकाे लक्ष्य हङकङले चार विकेट गुमाएर १२ बलअघि नै भेटायाे । हङकङका लागि मारिकाे हिलले नटआउट ४३ रन बनाइन् । यस्तै कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रन बनाइन् ।

बलिङतर्फ नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट लिइन् ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रन बनायाे । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए ।

अब नेपाली टोलीले टी–२० विश्व कप छनाेटकाे दाेस्राे खेलमा यही ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*