सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

जनपत्र
६ मंसिर २०७८, सोमबार १५:१३

काठमाण्डाै – हिजो तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज तोलामा सुनको भाउ दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*