कांग्रेसको १४ औं महाधिवेशनः मकवानपुरको दुई निर्वाचन क्षेत्रमा चुनाब, दुइ प्यानमा प्रतिस्पर्धा
हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आज निर्वाचन हुँदै छ । काग्रेशमा शेरबहादुर देउवा प्यानल र रामचन्द्र पौडेल पक्षका बिचमा आज निर्वाचन हुन लागेको हो ।
दुइवटै प्यानलले आफ्ना सभापति सहित सदस्य सम्मको उमेदवारी घोषणा गरिसकेका छन् । निर्वाचनको तयारी पनि पुरा भइसेकको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा २ जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रनम्बर २ मा पनि दुइजनाको उमेदवारी पर्ने निस्चित छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार हुने प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचनले सभापति एक, सचिव २ र सहसचिव २ जना चयन गर्नेछ । यस्तै प्रदेश सभा क्षेत्रीय सभापति प्रतिनिधि सभाको उपाध्यक्ष हुने कांग्रेसको विधानमा उल्लेख छ । उपसभापतिसहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिमा ७ जना पदाधिकारी हुने कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
सोमबार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचन हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन हेटौंडा–१ चौकिटोलमा हुने कोइरालाले बताउनुभयो ।
क्षेत्र नं १ मा लामिछाने र खनाल
मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष समेत रहेका दामोदर खनालले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । खनालको प्यानलमा सचिवमा कविन सांगामी र दोर्जे स्याङ्तान छन् । यस्तै, सह–सचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत रहेका छन् । खनाल संस्थापन पक्षका हुन् ।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन इतरका धर्मराज लामिछानेले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो चुनावमा प्रदेश सभा सदस्यको उम्मेदवार रहेका लामिछानेको प्यानलमा सचिवमा रमेश ढकाल र सहसचिवमा कुमार केसी रहेका छन् । लामिछानेले अन्य उम्मेदवार सार्वजनिक गरेमा जिल्ला सभापति इन्द्र बानियाँको टिमले अपरहण गर्ने आरोप लगाउँदै अन्य पदाधिकारीको नाम सार्वजनिक गरेका छैनन् ।
क्षेत्र नं २ मा मुक्तान र पौडेल
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा लोकबहादुर मुक्तानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी साविक ४ नम्बर क्षेत्रीय सभापति थिए । मुक्तान संस्थापन पक्षका हुन् । यस्तै, मुक्तानसँग संस्थापन इतरका नेपाली कांग्रेसका पुराना नेता ईश्वरनाथ पौडेल भिड्ने भएका छन् । पौडेलको नेतृत्वमा सचिवमा राजकुमार ब्लोन र रमेश कुमार थिङ उठ्ने भएका छन् । पौडेलले पनि अन्य पदाधिकारी भने खुलाएका छैनन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचनले सभापति एक, सचिव २ र सहसचिव २ जना चयन गर्नेछ । यस्तै, प्रदेशसभा क्षेत्रीय सभापति प्रतिनिधिसभाको उपाध्यक्ष हुने कांग्रेसको विधानमा उल्लेख छ ।
उपसभापतिसहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिमा ७ जना पदाधिकारी हुने कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताए । सोमबार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुनेछ भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ को निर्वाचन हेटौँडा–१ चौकिटोलमा हुने कोइरालाले बताए ।