कांग्रेस मकवानपुरमा देउवा पक्षबाट क्षेत्र नंबर १ मा खनाल र २ मा मुक्तानको उम्मेद्वारी
हेटौंडा । नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अधिवेशन अन्तगर्त क्षेत्र नंबर १ बाट दामोदर खनालले र क्षेत्र नंबर २ बाट लोक बहादुर मुक्तानले संयुक्त आफ्नो प्यानल घोषणा गरेका छन् ।
आईतबार साँझ हेटौंडामा संयुक्त पत्रकार सम्मेलन गर्दै आ -आफ्नो प्यानल घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै बकैया गाउँपालिकाका अध्यक्ष समेत रहेका दामोदर खनालले भोलि हुने प्रतिनिधिसभाको अधिवेशनमा क्षेत्र नंबर १ को क्षेत्रिय सभापतिमा आफ्नो उममेद्वारी रहने बताए ।
उनले आफ्नो प्यानलमा सचिव पदमा दोर्जे लामा स्याङ्तान,कविन संगामी,सहसचिवमा मुना पाठक र इन्द्र बहादुर मुक्तान रहेको बताए । उनले सदस्यहरुमा छलफल हुन बाँकी रहेको बताए ।
यसैगरि पत्रकार सम्मेलनमा बोल्दै लोक बहादुर मुक्तानले क्षेत्र नंबर २ बाट क्षेत्रिय सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताए ।
उनले आफ्नो प्यानलमा सचिवद्य पदमा थल बहादुर थापा सन्तोष,बलराम घिमिरे,सहसचिवमा निर्मला रुम्बा र विनोद थापा रहेको बताए ।
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बाँनियाले नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि पार्टी सभापति शेर बहादुर देउवालाई पुनः सभापति पदमा विजयी गराउनको लागि मकवानपुर क्षेत्र नंबर १ बाट खनाल र दुईबाट मुक्तानको प्यानल सहित उम्मेद्वारी घोषणा गरेको बताए । उनले पुनः एक पटक देउवालाई सभापतिको जिम्मेवारी दिनको लागि उम्मेद्वारी रहेको बताए ।