तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड दुबईमा हुने मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने
हेटौंडा/ क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा दुबईमा तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड हुने भएको छ । कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने भएका छन् । यस अघि सन्देश ईन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तनगरी तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड बनाईएको आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो । मंसिर २८ गते अर्थात १४ डिसेम्बर २०२१ देखी २०७८ पुस ३ अर्थात १८ डिसेम्बर २०२१ सम्म दुबई भ्रमण र अर्वाड कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताईएको छ ।
मुख्य कार्यक्रम भने २०७८ पुस ०२ गते अर्थात १७ डिसेम्बर २०२१ दिन दुबईमा हुने बताईएको छ । कार्यक्रम पछी दुबईको महत्वपुर्ण ठाँउहरुको भ्रमण हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था हो ।
पहिलो पटक रेडियो सन्देश १०६.९ मेगाहर्ज र बिगत १८ बर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १५ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड कार्यक्रम आयोजना गरेको र दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया/ सिङ्गापुरमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बिगतका बर्षहरुमा झैं यसबर्ष पनि क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा दुबईमा आयोजना गर्ने निर्णय गरिएको बताईएको छ ।
दुबईमा रहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज नेपाल पत्रकार महासंघ दुबई शाखा र गैर आवासिय नेपाली संघ दुबई लगायतका बिभिन्न संघ÷संस्थासंगको सहकार्यमा सयुक्त रुपमा अर्वाड कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको मिडिया पार्टनर थाहा नेपाल डटकम, रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक, रेडियो सिद्धबाबा, सुनकोसी एफएम र सिद्धबाबा टेलिभिजन लगायतका रहेका छन् । कार्यक्रममा कलाकारहरु ईन्द्र सिन्चुरी, दिनेश काफ्ले, राजु बराल, मिरा गिरी, सनम रसाईली लगायतका राष्ट्रिय स्तरका कलाकाहरुबाट बेजोड सास्कृतिक कार्यक्रम हुनेपनि बताईएको छ ।
कार्यक्रममा नेपाल बाहेक जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, चाईना सहित बिभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ । कार्यक्रममा दुबईको बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी गरी करिब ४ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायत सहभागी हुने भएका छन् । कार्यक्रममा बिभिन्न २५ विधामामा २५ जना व्यक्तित्वलाई तेस्रो अन्तराष्ट्रिय सामाजिक अर्वाड र राष्ट्रिय सम्मानबाट सम्मान गरिने बताईएको छ । कार्यक्रममा दुबईको विकास र नेपालले सिक्नुपर्ने बिषयमा महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र “देश फर्किउ, देश बनाऔं” सन्देशमुलक डकुमेन्ट्री प्रदर्शन गरिने बताईएको छ । कार्यक्रममा सहभागी हुन ईच्छुकहरुले यही मंसिर १० गतेभित्र आवश्यक डकुमेन्ट दिनुपर्ने अध्यक्ष खड्काले बताउनुभयो ।