एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

जनपत्र
५ मंसिर २०७८, आईतवार १६:४३

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौमा आज आइतवार पत्रकार सम्मेलन गरेर रावलले चितवनमा यही १० गतेदेखि हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनकाे कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*