ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजले एपीएफलाई हरायाे

जनपत्र
५ मंसिर २०७८, आईतवार १६:२९

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई तीन–दुई गोलले हरायो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी भयो ।

ब्रिगेड ब्वाइजका लागि दिनेश राईले दुई गोल गरे । एपीएफका आशिष लामा र विकी तामाङले एक/एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

आजै बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*