संघीयता कार्यान्वयन सम्वन्धमा हेटौंडामा अन्तरक्रिया

स्थानीय तहमा ६० हजार दरवन्दी भएपनि २४ हजार स्थायी कर्मचारीले मात्र काम गर्नुपर्ने बाध्यता
जनपत्र
५ मंसिर २०७८, आईतवार १५:४२

हेटौंडा । संघीयता कार्यान्वयन सहजीकरण सम्वन्धमा हेटौंडामा अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्रालयका सचिब एकनारायण अर्यालले अब स्थानीय तहका कर्मचारीहरुलाई पनि प्रदेश भित्रका स्थानीय तहमा सरुवा हुने व्यवस्था गर्नुपर्ने वताउनुभयो ।

स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालयमा वेरुजु डरलाग्दो तरिकाले अगाडी वढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सबै प्रदेशका कर्मचारीहरुको बृद्धी विकास हुनेगरी कानून निर्माणको चरणमा रहेको सचिब अर्यालले वताउनुभयो । स्थानीय तहमा ६० हजार दरवन्दी भएपनि २४ हजार स्थायी कर्मचारीले मात्र काम गर्नुपरेको उहाँले वताउनुभयो ।

स्थानीय सरकार संचालन सम्वन्धी ऐन अझै राम्रो वनाउनुपर्ने वताउनुभयो । नदिजन्य पदार्थको मापदण्ड सुधारका लागि संसदमा लैजाने तयारी रहेको वताउनुभयो । तराइका नगरपालिकासंग यो उपमहानगरपालिका दाँज्न नमिल्ने उहाँको भनाई छ ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले न्यायीक समितिहरुलाई प्रभाबकारी वनाउनुपर्ने वताउनुभयो । मकवानपुरका हरेक स्थानीय तहमा नदिजन्य पदार्थ उत्खनन्मा समस्या रहेको वताउनुभयो । पहिले आइइ नभएपनि अब भने आइइ गरेर मात्र उत्खनन् गर्नुपर्ने वताउनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले चालु आर्थिक वर्षको पहिलो चौमासिक महिनामा उपमहानगरपालिकाले गरेको कामका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा तीन वटा नदिजन्य पदार्थ उत्खन्नको आइइ स्वीकृत भइसकेको जानकारी गराउनु भएको थियो । त्यसैगरी आय तर्फका ठेक्का लागि कर संकलन शुरु भएको वताउनुभयो ।

सार्वजनिक निर्माण तर्फ (मुख्य–मुख्य) ६ वटा ठेक्का सम्झौता भएको चौलागाईले वताउनुभयो । बस पार्क टर्मिनलको ३० प्रतिशत प्रगति भएको वताउँदै उहाँले भन्नुभयो–‘कृषिथोक बजार परियोजना २० प्रतिशत प्रगति । थप २ ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ ।’
दरबन्दी अनुसार पदपूर्ति नभएकोले जनशक्तिको कमी रहेको वताउँदै उहाँले कर्मचारी वृत्तिविकासले आकार लिन नसकेको वताउनुभयो ।

केही वडा कार्यालयहरुको आफ्नै भवन नहुँदा दैनिक सेवा प्रवाहमा असुबिधा रहेको जानकारी गराउनुभयो । नागरिकको बढ्दो सेवा सुविधाको माग र आवश्यक पूर्वाधार निर्माणका लागि श्रोतको कमी रहेको समेत प्रमुख प्रशासकिय अधिकृत चौलागाईले वथाउनुभयो ।

उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिभीन्न महासाखाका प्रमुखहरु, साखाका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरुले आफुहरुले भोग्दै आएको समस्याका बिवषयमा जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*