सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे
सप्तरी – सप्तरीकाे बोदे बरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
हिजाे बेलुका स ६ प ५०६० नम्बरकाे मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरी खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको ज्यान गएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।