थाहानगरको स्वास्थ्यचौकीका लागि आबश्यक उपकरण उपलब्ध गराउँछु–मन्त्री बिरोध खतिवडा
हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फटाहा कुरा बोल्ने पक्षमा आफ्नो पार्टी नरहेको वताउनु भएको छ । थाहा नगरपालिका ८ मा आग्रा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले यस्तो वताउनु भएको छ । स्वास्थ्य मन्त्री बिरोध खतिवडाले नबनिर्मित स्वास्थ्य भबनको उद्घाटन गर्नुभएको छ।
आज थाहा नगरपालिका वडा न ८ आग्रामा बनेको नबनिर्मित स्वास्थ्य भबनको आज एक समारोह बिच स्वस्थ्य मन्त्री खतिवडाले उद्घाटन गर्नुभएको हो । च्वाइस नेपाल र थाहा नगरपालिकाको एक करोड पचास लाख आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री खतिवडाले स्वास्थ्य चौकीको लागि आबश्यक उपकरण तथा अन्य सामाग्री अबको तीन महिना भित्र उपलब्ध गराउने बताउनु भयो ।
उहाँले थाहानगरलाई खोप अभाब भए नगर मन्त्रालयमा आएर खोप ल्याउन आग्रह गर्नुभयो । जनताको स्वास्थमा सरकार धृढ भएकोले प्रतेक पालिकाको प्रत्येक वडा लाई आधारभुत स्वास्थ्य उपचारको लागि आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि ४० लाख बजेटको ब्यबस्था गरेको बताउदै दुई करोड डोज खोप लगाइसकेको र साढे तीन करोड डोजको लागि पैसा तिरेर सुनिश्चित भैसकेको बताउनु भयो । उहाँले खोपको लागि चिन्ता नलिन आग्रह गर्नु भयो ।
थाहानगर पालिका वडा न ८ का वडा अध्यक्ष टिकाराम रुम्बाको अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा रास्टि«यसभाका सदस्य तथा प्रत्यायोजन समितिका सभापति रामनारायण बिडारी,थाहानगरपालिकाको मेयर लबशेर बिष्ट र उपमेयर खड्गबहादुर गोपाली लगायतको आथ्यिता रहेको छ ।