बिदेशबाट फर्किएका मकवानपुरका युवा पशुपालनमा आकर्सित

जनपत्र
११ जेष्ठ २०७६, शनिबार १९:२५

हेटौंडा । मकवानपुरको हेटौंडा र मनहरी गाउँपालिका क्षेत्रका  बिदेशबाट फर्किएका युवा महिला तथा पुरुषहरु पशुपालन क्षेत्रमा आकर्सित भएका छन् । पशुपालनको क्षेत्रमा आकर्सित भएका युवाहरुलाई लक्षित गरेर पशुपालन सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।

नारी सिप सृजना केन्द्र नेपालको आयोजना र एडब्लुओ इन्टरनेशनको साझेदारीतामा मकवानपुरमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको हो । तालिम हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका कृषक तथा बैदेशिक रोजगारीबाट फर्कि स्वदेशमै कृषि व्यवसाय गर्ने उद्धेश्य लिइका व्यक्तिहरुलाई लक्षित गरी हेटौडा ४ मा मिति २०७६ जेठ ८ र ९ गते र मनहरी मा १० र ११ गते सञ्चालन गरी सम्पन्न गरिएको हो ।

दुई दिने तालिममा हेटौडा उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १९ का गरि जम्मा ३८ जना सहभागि थिए । मनहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ का गरी जम्मा ३२ जना कृषकहरुको सहभागीता रहेको थियो । तालिमको समापनको क्रममा सहभागीहरुबाट पशुपालन सम्बन्धि तालिमहरु धेरै कृषकहरुलाई आवश्यक रहेको र आगामि दिनमा प्रयोगात्मक तथा अवलोकनलाई पनि समेटिने गरी जिविकोपार्जन सम्बन्धिका तालिम तथा अवलोकन भ्रमणहरुको अपेक्षा गरेका छन् । तालिमबाट फर्के पश्चात पशु पालनलाई अझ व्यवसायिक बनाउदै लैजाने प्रतिवद्धता समेत गरेका छन ।


तालिमको उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष मनिला विष्टले व्यवसायको रुपमा पशुपालनलाई अघि बढाउने साना तथा ठुला किसानको लागी मनहरी गाउँपालिकाले सुधारिएको गोठ अनुदानमा वितरण गर्ने योजना रहेको समेत बताउनुभएको छ ।

तालिमको उद्घाटन तथा समापन समारोहको सभाध्यक्षता नारी सिप सृजना केन्द्रका कार्यकारी सदस्य सिता अधिकारीले गर्नुभएको थियो भने तालिम पशु प्राविधिक मधु विलास न्यौपानेले सहजिकरण गरेका थिए । परियोजना अन्तर्गत आगामि दिनमा पनि जिविकोपार्जन सम्बन्धिका कुखुरा पालन तथा माहुरी पालनका तालिमहरु दिई कृषकहरु र कृषि व्यवसायलाई अंगाल्ने उद्धेश्य लिएका व्यक्तिहरुलाई प्राविधिक तथा प्रयोगात्मक ज्ञानका साथै सहयोग गर्ने योजना रहेको परियोजना संयोजक ज्योति वम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*