भारतको सुकुम्वासी शिविरमा आगलागी, २५० भन्दा बढी घरपरिवार विस्थापित

जनपत्र
५ मंसिर २०७८, आईतवार ०६:२९

भारतको उत्तरी त्रिपुराको हम्सपारा सुकुम्वासी शिविरमा आगलागी भएको छ। शनिबार बिहान मिजोरम ब्रुस ९रायाङ भनेर चिनिने० को शिविरमा लागेको आगोबाट २५० भन्दा बढी घरपरिवार विस्थापित भएको बीबीसी हिन्दीले जनाएको छ। आगोलागीबाछ विस्थापित १८ जनाको घर जलेर खरानी भएको छ। आगो फैलिन नदिन अन्य ११ वटा झुपडी पनि भत्काइएको थियो।

घटनास्थलबाट फर्किएर पानीसागरका एसडीएम रजत पन्तले भने,ुस्थानीय जनता र प्रारम्भिक रिपोर्टका अनुसार विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ, तर घटनास्थलमा अनुसन्धान गरिरहेका तहसीलदारले आफ्नो जानकारी दिएनन्। तर, केही घर पूरै जलेका छन् भने आगो फैलिन नदिन केही घर भत्काउनु परेको छ।ु

मिजोरम ब्रु विस्थापितहरूका करिब २५० परिवार यस राहत शिविरमा बस्दै आएका छन्। यहाँका घरहरू एकअर्कासँग धेरै नजिक छन्। यहाँ घर बाँस, उखु, काठ र खर प्रयोग गरेर बनाइएको छ। अहिले यी परिवारको पुनःस्थापनाको काम भइरहेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको एसडीएमले बताए। स्थानीय बासिन्दाको सहयोगमा दमकलले आगो नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*