सरकारसँग १८१६ को सुगौली सन्धि र १९५० को मैत्री सन्धिको सक्कल प्रति छैन : परराष्ट्रमन्त्री

जनपत्र
५ मंसिर २०७८, आईतवार ०६:२५

बेलाबेलामा नेपालका राजनीतिक पार्टीका नेताहरुले भारतसँगको सन् १९५०को असमान सन्धि खारेज हुनुपर्ने बताउँदै आएका छन् । भारत स्वतन्त्र नहुँदै भएको सुगौली सन्धि पनि तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सम्झौता भएकाले त्यसमा पुनर्विचार हुनुपर्ने उनीहरुले बताउने गरेका छन् । तर, ती दुवै सन्धिका सक्कलप्रति नेपालसँग नभएको पाइएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले सरकारसँग सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नभएको बताएका छन् । शनिबार नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । ‘सरकारसँग सन् १८१६ को सन्धि, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्त्वपूर्ण दस्ताबेजको सक्कल प्रति नै छैन,’ उनले भने, ‘यस्तो ऐतिहासिक दस्ताबेजहरूको सक्कल नहुनुले हाम्रो राष्ट्रिय चरित्र देखाउँछ ।’

एउटा सार्वभौम मुलुकले अर्को राष्ट्रसँग गरेको सम्झौता आफैँसँग नहुनु विडम्बनापूर्ण मात्र होइन, अत्यन्त लज्जास्पद विषय हो । त्यसो त जुनसुकै राजनीतिक पार्टीका नेताहरुले आफू सत्तामा रहँदा यस विषयमा केही नबोल्ने, तर सत्ताबाहिर पुगेपछि जनतासँग भोट तान्ने रणनीतिका रुपमा यसलाई प्रयोग गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*