सर्वदलीय बैठकबाट एमसीसीको टुंगो लगाउँछौं : प्रचण्ड

जनपत्र
५ मंसिर २०७८, आईतवार ०६:२२

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदान सम्झौता ९एमसीसी०को टुंगो सर्वदलीय बैठकबाट लगाइने बताएका छन् । चितवनको भरतपुरमा शनिबार संचारकर्मीसँग कुरा गर्दै उनले एमाले महाधिवेशनको कारण सर्वदलीय बैठकमा ढिलाइ भैरहेको समेत बताए ।

उनले भने, ‘अमेरिकासँग कुनै एलर्जी होइन । हामीले सुरुको ओर्जिनल सहमती र पछि गरिएको संसोधनबारे स्पष्ट हुन जरुरी छ मात्र भनेको हो । त्यत्रो ठूलो समस्या हुन्छ भन्ने मलाई लाग्दैन ।’ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई भेटेको एकदिनपछि दाहालको यस्तो प्रतिक्रिया आएको हो । शुक्रबार अपरान्ह काठमाडौंमा लूसँग भेटेका दाहालले सत्तारुढ दलसँग सहमती जुटाएर एमसीसी पारित हुने बताएका थिए । नेपालप्रेसबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*