बार मकवानपुरद्वारा आज बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नगर्ने

जनपत्र
५ मंसिर २०७८, आईतवार ०६:०५

हेटौंडा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आइतबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन् ।

आन्दोलनरत नेपाल बार एशोसिएशनको शान्तिपूर्ण विरोध कार्यक्रममा सर्वोच्च अदालत परिसरभित्र हातहतियार सहितको प्रहरी परिचालन गरी कानून व्यवसायीहरूलाई हातपातसमेत गरेको निन्दनिय कार्यको विरोध गर्दै मकवानपुर जिल्ला अदालत बार एशोसिएशनले पनि थप बिरोध कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जिल्ला अदालत बार एशोसिएशन मकवानपुरका अध्यक्ष अधिवक्ता ऋषि केबीले मकवानपुरमा पनि आज अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नगर्ने जानकारी दिएका छन् ।

नेपाल बार एसोसिएसनले शुक्रबार संघर्षका नयाँ कार्यक्रम घोषणा गर्दै सर्वोच्च परिसरमा भएको प्रहरी दमनको विरोधमा आइतबार बहस–पैरवी बहिष्कार गर्ने निर्णय गरेको थियो ।

सल्लाहकार समितिको बैठकपछि केन्द्रीय समिति बैठक बसेर बारले संघर्षका नयाँ कार्यक्रमहरु घोषणा गरेको हो ।

बिरोध कार्यक्रममा आइतबार आज बन्दिप्रत्यक्षिकरण बाहेक सबै खाले मुद्दामा बहस नगर्ने र कालो पट्टी सहित दुई घण्टासम्म धर्ना कार्यक्रम गर्ने,सोमबार ६ गते कालो पट्टी सहित दुई घण्टासम्म धर्ना कार्यक्रम गर्ने,मंगलबार ७ गते अन्तिम म्याद रहेको बाहेक कुनै पनि मुद्दा दर्ता नगर्ने,कालो पट्टी सहित दुई घण्टासम्म धर्ना कार्यक्रम गर्ने,बुधबार ८ गते चितवन जिल्ला र मकवानपुर जिल्ला साथै उच्च अदालत बार एकाईहरुको मकवानपुरमा संयुक्त बिरोध कार्यक्रम गर्ने जनाईएको छ ।

बारले आगामी दिनमा पनि सर्वोच्च अदालत र देशभरका अदालतहरु अगाडि जारी धर्ना तथा प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*