मकवानपुरमा कांग्रेसको अधिवेसनः कुन् निर्वाचन क्षेत्रमा कसले जिते ?

जनपत्र
४ मंसिर २०७८, शनिबार १४:५०

मकवानपुर/ नेपाली कांग्रेस मकवानपुरले ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन गरेको छ । अधिवेशनले सबै क्षेत्रमा नयाँ नेतृत्वसमेत चयन गरेको छ । केही पदमा सहमतिबाटै नेतृत्व चुनिएका छन् भने केहीमा निर्वाचन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यस्तै उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका छन् ।

बागमती प्रदेश महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी, खसआर्य तर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिला प्रतिनिधिमा कृति ग्लान र भानुमाया सोराइली, आदिवासी जनजाति पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन, दलिततर्फ अनिल विक र अल्पसंख्यकमा रामशरण माझी निर्विरोध भएका छन् ।

खुलातर्फको बागमती प्रदेश प्रतिनिधिमा भने निर्वाचन भएको छ । ७ जना प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी परेको थियो ।
खुलातर्फको प्रतिनिधिमा उद्धव सत्याल, गोपालप्रसाद गौतम, जनकप्रसाद धिताल, तेजप्रसाद घिमिरे, दामोदर दाहाल, ध्रुवप्रसाद दुलाल, नवराज खतिवडा, पंकज थापा, बैकुण्ठप्रसाद ढकाल, मोहनप्रसाद ढकाल, रामप्रसाद अधिकारी, लिलाराज सापकोटा (सन्तोष) र सचित थापाको उम्मेदवारी परेको छ ।

खुला प्रदेश प्रतिनिधिको मत गणना भैरहेको छ । ४९९ जना मतदाता रहेको यस क्षेत्रमा ४४६ मत खसेको थियो । १४ औं महाधिवेशन अन्तरगत भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुर-१ ख पदाधिकारीमा राजेश बानियाँको प्यानल नै बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा पदाधिकारीमा बानियाँको प्यानल नै बिजयी भएको हो ।

सभापतिमा बानियाँले १७७ मत ल्याएर बिजयी भए भने प्रतिष्पर्धी रमेशध्वज कार्कीले ८३ मत ल्याए । उपसभापतिमा  बिनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर बिजयी भए भने रिना गौतम ९३ र सुवास न्यौपानेले ७५ मत ल्याए । सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदिप कँडेलले १९२ मत ल्याएर बिजयी भए भने बिक्रम लामाले १०६ मत ल्याए ।

सहसचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर बिजयी भए भने एक्काबहादुर मोक्तानले १०४ मत ल्याए ।

क्षेत्र नम्वर २ प्रदेशसभा (क) को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा अर्का उम्मेदवार सुजन गोपालीले १३२ मत पाएका थिए । उपसभापतिमा इश्वरी शाही ठकुरी २७७, निरोज रानामगर २०९, रन्जन कठायत ३११ र रामशरण तामाङले ११४ मत प्राप्त गरेका थिए । जसमा ठकुरी र कठायत विजयी भएका हुन् ।

त्यस्तै सचिवमा भने नरहरी गोपाली ३७४, सुरेश लामिछाने १४९ र राजेशबाबु सापकोटाले ३२६ मत पाएका थिए । जसमा गोपाली र सापकोटा विजयी भए । सहसचिवमा कुमार लामा १६५, रामशरण गोपाली ३०४, समिता रसाइली २७७ र हरिशरण देवकाटाले १०९ मत पाएका थिए । जसमा गोपाली र रसाइली विजयी भए ।

नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको चार वटै क्षेत्रिय समितिको नेतृत्व टुंगो लागेको छ ।

नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । शुक्रबार राति सम्मपन्न मत गणनामा अर्का प्रतिस्पर्धी रामकृष्ण प्रजालाई पछि पार्दै कालाखेती निर्वाचित भएका हुन् । मत परिणाम अनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाएका थिए । सभापतिमा कालाखेतीसँगै उनको प्यानलनै विजयी भएको छ ।

उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् । यस्तै सचिवमा नवराज पौडेल र कृष्ण योन्जन विजयी हुँदा सहसचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका छन् । यस्तै प्रदेश प्रतिनिधिको लागी महिला तर्फ देवकी र यासिका घिसिङ विजयी भएका छन् । खुला तर्फ कविता बर्तौला, कृष्णहरि कालालाखेती, कान्छाराम रुम्बा, निरशंकर लामा, निराजन बर्तौला, वेलबहादुर मुक्तान र रत्न बहादुर ब्लोन विजयी भएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*