बालविवाह न्यूनीकरणका लागि ११ बुँदे बेनी घोषणापत्र जारी

जनपत्र
४ मंसिर २०७८, शनिबार १२:५२

म्याग्दी – बालविवाह न्यूनीकरण गर्न म्याग्दीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ ।

३२ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालविवाह रोक्ने उद्देश्यले किशोरी सम्मेलन गरिएको हो ।

सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने, किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षालगायत विषय समेटिएको ११ बुँदे बेनी घोषणापत्र जारी गरेको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो ।

किशोरावस्थामा विवाह गर्दाका असर बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने, उमेर नपुगी हुन लागेको विवाहको विषयमा प्रहरी तथा जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*