सङ्खुवासभामा लडेर एक जनाको ज्यान गयो

जनपत्र
४ मंसिर २०७८, शनिबार १२:४५

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

लडेर उदयपुर बेलका नगरपालिका-८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्नुहुन्थ्यो । लडेर घाइते हुनु भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*