हेटौंडाको भैरवडाँडामा ३१ लाख लागतमा पक्की सडक निर्माण सुरु

जनपत्र
४ मंसिर २०७८, शनिबार १०:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ भैरवडाँडामा कुल ३१ लाख २५ हजार रुपैयाँ लागतमा सडक पक्की निर्माण गर्ने काम सुरु भएको छ । पक्की सडकको शिलान्यास गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पाथीभरा मन्दिर सम्म पक्की सडक भएर ओहोर दोहोर गर्नेगरी निर्माण थालिएको वताउनुभयो ।

बितेको आर्थिक वर्षमा पनि यस सडकमा स्लाब ढलान गरिएको थियो । अहिले पनि यो सडक पक्की निर्माण गर्नका लागि निरन्तर्ता दिइएको मेयर महतले वताउनुभयो । कच्ची सडकका कारण भैरवडाँडाको पाथीभरा मन्दिर ओहोर दोहोर गर्नका लागि समस्या भएकाले यो सडकलाई प्राथमिकता दिएर निर्माण गरिएको मेयर महतको भनाई छ ।

हेटौंडाका टोलटोलमा कच्ची सडकलाई पक्की निर्माण गर्ने अभियानलाई तिब्रता दिइएको उहाँले वताउनुभयो । उपमहानगरपालिकाले यस सडक निर्माण गर्नका लागि फेरी पनि सहयोग गर्ने मेयर महतले वताउनुभयो । पक्की सडक निर्माण गर्दा गुणस्तरियतामा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

यस क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण गर्नका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरेको सडक उपभोक्ता समितिका अध्यक्ष विनोद कुमार सापकोटाले वताउनुभयो । वितेको वर्ष र चालु आर्थिक वर्षमा भैरबडाँडाको सडकलाई पक्की निर्माण गरेको र यस क्षेत्रका नागरिकहरु खुसी भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*