दाङका स्थानीयद्वारा प्राकृतिक सम्पदाकाे संरक्षण, पर्यटककाे आकर्षण बढ्दै

जनपत्र
४ मंसिर २०७८, शनिबार ०९:४९

दाङ – दाङमा स्थानीय बासिन्दाको सक्रियतामा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय क्षेत्रको विकास हुँदै गएको छ ।

सामुदायिक वनमा आबद्ध स्थानीय बासिन्दा आफ्नो लगानीसँगै पालिका र प्रदेश सरकारको सहयोगमा पर्यटकीय क्षेत्रको विकासमा लागेका छन् । उनीहरुको सक्रियतामा लामो समयदेखि सुस्ताएको दाङको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दै  गएको छ ।

स्थानीय कुलपानी सामुदायिक वन समूहले देउखुरीको गढवा गाउँपालिका वडा नं १ वडहराको कुलपानी हरितपार्क बनाएर सञ्चालनमा ल्याएको छ ।

अहिले हरितपार्क हेर्नका लागि दैनिक ५ देखि ७ सय मानिस जाने गरेका छन्। कुलपानी सामुदायिक वनले पर्यटन तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले तयार गरेको हरित पार्क लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र पर्ने भएकाले पनि पर्यटन प्रवर्द्धनमा थप सहयाेग पुगेकाे छ ।

अहिले तीन हेक्टरमा फैलिएको पार्कलाई विस्तार गर्ने योजना रहेको लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्मा बताउनुहुन्छ ।

शान्त एवं मनोरम वातावरणमा रमाउन पाउँदा निकै रमाइलो महसुस भएको पार्क अवलोकनका लागि गएकी प्युठानकी अंशु बोहरा बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*