न्युजिल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई

जनपत्र
४ मंसिर २०७८, शनिबार ०८:५१

unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जितेको छ।

राँचीमा गएराति भएको दोस्रो टी–२० मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडि नै श्रृङ्खला जितेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतक बनाए। राहुलले ६५ तथा शर्माले ५५ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३४ तथा मार्टिन गुप्टिल र ड्याल मिचेलले समान ३१/३१ रन जोडे । भारतका हर्सल पटेलले दुई तथा भुवनेश्वर कुमार, रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १/१ विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि बुधवार भएको पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*