उपराष्ट्रपति ह्यारिस बनिन् अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला

जनपत्र
४ मंसिर २०७८, शनिबार ०८:४८

unn.prixa.net

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाउनुभएको छ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ ।

यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बन्नुभएको हो । उहाँलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो।

अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकनमूलकी हुनुहुन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*