मकवानपुरको बिकट कैलाशका स्कुले बालबालिकालाई स्वीटर, टोपी, पुस्तकालय व्याग र शैक्षिक सामाग्री वितरण

जनपत्र
४ मंसिर २०७८, शनिबार ०८:२५

हेटौंडा । मकवानपुरको बिकट कैलाश गाउँपालिका वडा नम्बर–८ रुपराङमा रहेको ढुवाङ्ग माध्यमिक बिद्यालयका स्कुले बालबालिकालाई स्वीटर, टोपी, पुस्तकालय व्याग र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रारम्भ पाठशाला युकेका भाइबहिनीका साथै प्याप्सन मकवानपुरको सहयोगमा त्यहाँका स्कुले बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । नेष्टका कार्यक्रम संयोजक तथा प्याप्सन मकवानपुरका कोषाध्य लक्ष्मी श्रेष्ठले बिद्यालयमै पुगेर स्कुले बालबालिकालाई सामाग्री हस्तान्तरण गर्नुभयो ।

बषौ अगाडी देखि बिभीन्न क्षेत्रको सहयोग जुटाउँदै मकवानपुरका बिकट गाउँका बिद्यार्थीलाई हरेक तवरले सहयोग गर्दै आउनु भएका श्रेष्ठले कैलाशमा पुगेर यो पटक शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । अबका दिनहरुमा पनि यस्तै सहयोगका कार्यक्रमलाई निरन्तर्ता दिइने उहाँले वताउनुभयो । अहिलेको जाडो याममा न्यानो कपडा नभएकै कारण बिद्यार्थी बिद्यालय आउन नसक्ने भएकाले पनि न्यानो कपडा र शैक्षिक सामाग्री दिइएको श्रेष्ठले वताउनुभयो ।

यसैगरी बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष राजेश मोक्तानले आफ्नो बिद्यालयका गरिब बिद्यार्थीका लागि सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । यस्ता सहयोगले बिद्यार्थीमा पढ्ने हौसला हुने समेत वताउनुभयो । बिद्यालयका प्रधानध्यापक देवराज स्याङतानले बिद्यार्थीलाई जाडो याममा न्यानो कपडा नभइरहेको समयमा यो सहयोगले निकै राहत पुगेको वताउनुभयो ।

टाढाटाढाबाट बिद्यालय आउने बिद्यार्थीलाई बिद्यालयमा दिवा खाजा दिने गरेको वताउँदै उहाँले शैक्षिक सामाग्री र न्यानो कपडाका कारण थप सहयोग पुगेको वताउनुभयो ।

यस बिद्यालयका शिशु कक्षा देखि तीन कक्षा सम्मका ५२ जना बिद्यार्थीलाई उनी स्वीटर, टोपी, कपी, शिशाकलम, इलेजरक, कलर र सापनर बितरण गरिएको छ । त्यसैगरी कक्षा ४ र ५ का ४८ जना बिद्यार्थीलाईलाई कापी र कलम गरीएको छ । बिद्यालयलाई ५० थान बालकथाका बुक सहित पुस्तकालय व्याग हस्तान्तरण गरिएको थियो । कुल ५४ हजार ३ सय रुपैयाँको न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*