हेटौंडाका तीन वटा वडा जोड्ने मुल सडकको शिलान्यास
हेटौंडा । हेटौंडाका तीन वटा वडा जोड्ने पक्की शडकको शिलान्याु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–१२, १३ र १४ जोड्ने सडकको स्लाब ढलानको काम सुरु भएको छ ।
स्लाब ढलानको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यस गर्नुभयो । तीन वटा वडा जोड्ने मुल सडक समेत कच्ची रहेकाले यसलाई क्रमैसंग निर्माण गर्दै जाने उहाँले वताउनुभयो । यसका लागि हरेक वर्ष बजेट छुट्याएर काम गरिने मेयर महतको भनाई छ ।
अब साविकका हेटौंडाका ११ वडा संगै गाउँका कच्ची सडक पनि पीच निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । बिकास निर्माणका काममा अरु स्थानीय तह भन्दा हेटौंडामा तिब्र गतिमा काम भइरहेको वताउनुभयो ।