शहरबासी फोहोर फालिरहने, सरकारका कर्मचारी सफा गरिरहने परम्परा तोडिदैं

हेटौंडा । हेटोंडाको वडानम्बर १ र २ चौकिटोलका महिलाहरु हरेक हप्ताको शनिबार बिहानै आफ्ना टोल सफा गर्नका लागि सडक वरपर निस्कने गरेका छन् । त्रिभुवनराजपथ अन्तरगत पर्ने चौकिटोलका महिलाहरु आफ्ना टोल सफा गर्नका लागि सधै एकजुट भएर लाग्ने गरेका छन् । सफा र सुन्दर हेटौंडालाई अझै प्रभाबकारी बनाउनका लागि टोलबिकाश संस्थामा आवद्ध महिलाहरु आफ्नो टोल आफै सफा गरौं भन्ने अभियानमा बषौं अगाडी देखि लागिपरेका छन् ।
सफाई अभियान अन्तरगत आफ्ना टोल वरपरको सडक, नाली, मन्दिर, बगैचा, सामुहिक धारा, सडक लगायतका क्षेत्रमा कुनैपनि सहयोग बिनानै सफाई गर्दै आएको मितेरी टोल बिकाश संस्था चौकिटोलका अध्यक्ष गिता तिमल्सीनाले बताउनुभयो । बषौदेखि चल्दै आएको अभियानमा सफाई गर्नका लागि सिधै खालीहात महिलाहरु नालिमा समेत जाने गरेका छन् । तर, हेटौंडा उपमहानगरपालिकाको यो अभियानमा बषौदेखि काम गर्दा समेत हातमा पन्जा, माक्स बिनानै सफाई गर्ने गरिएको छ ।
आफ्नो टोलका सडक, नाली र सार्बजनिक क्षेत्रमा सफाई गर्नका लागि स्थानीय सरकारको मुख ताक्नु भन्दा पनि सबै टोलका महिलाहरु मिलेर सरकारलाई सहयोग गरेको उहाँले बताउनुभयो । हेटौंडाको बजार क्षेत्रको सफाईका लागि उपमहानगरपालिकाले सफाई कर्मचारी खटाउने गरेको छ । तर, यसक्षेत्रको सफाई गर्न कर्मचारी माग गर्नुभन्दा आफै सफाईमा निस्कीएर सरकारलाई सहयोग गरिएको महिलाहरु बताउँछन् ।
सफाई अभियानमा चौकिटोलका सडक दायाँ बायाँ रहेका टोल बिकाश संस्थाका महिलाहरुको अग्रसरता छ ।
महिलाको अभियानमा पुरुष पनि संगसंगै जुट्छन् । यो अभियान हेटोंडा धेरै टोल बिकाश संस्थाका महिलाहरुले हरेक हप्ता गर्दै आएका छन् । तर, यो अभियानमा हेटौंडाका बजार क्षेत्रका वासिन्दालाइृ छोएको छैन । बजार क्षेत्रमा उपमहानगरपालिकाका सफाई कर्मचारीले मात्र सफा गर्छन । तलब खुवाएर शहर, बजार क्षेत्र सफाई गर्ने काम अस्थायी हुन् । बजारका वासिन्दा सधै फोहोर गरिरहने अनी कर्मचारीले सधै बजार सफा गरेर बर्षमा करोडौं रुपैया खर्च गर्ने सरकारको रकम खर्च गर्ने परिपार्टी सधैका लागि हेटौंडाभरी लागू गर्नका लागि अभियान सुरु गरिएको अध्यक्ष तिमल्सीनाले बताउनुभयो । हेटौंडा बजार क्षेत्रमा कर्मचारीले सफा गर्छन् । तर, बजार क्षेत्रभन्दा आसपासका क्षेत्रमा स्थानीय टोलबिकाश संस्थाले सफाईको काम आफै गर्दै आएका छन् ।