रगत अभाव भएपछि युवा संघद्वारा हेटौंडामा रक्तदान
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/258503868_279714620704735_5057092967570661123_n.jpg)
हेटौंडा । नेकपा एमाले निकट युवा सङ्घले हेटौंडा १३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले रक्तदान जिवन दान रहेको वताउनुभयो ।
हेटौंडामा रगतको अभाव भइरहेको समयमा रक्तदान गर्नु अत्यन्त महत्वपूण काम रहेको वताउनुभयो । रगत अभाब भइरहेको समयमा आम युवाहरुले उदारता देखाउनु महत्वपूर्ण कुरा रहेको वताउनुभयो । कार्यक्रममा ६५ जनाले रगत दान गरेका छन् । यस्ता कार्यक्रम युवा जमातले गरिरहनका लागि पनि मेयर महतले आग्रह गर्नुभयो ।
रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएपछि युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ र १३ नम्बर वडा कमिटीले हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेको युवा संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।
युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टराई र १३ नम्बर वडा अध्यक्ष सिन्धु लामा थोकरको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा एमाले युवा संघ नेपालका केन्द्रीय सदस्य नरेन्द्र भण्डारी र युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष राजेश नगरकोटी, एमाले जिल्ला सदस्य कृष्ण खतिवडा, रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहाललगायतको सहभागीता रहेको थियो ।