दुई मन्त्रालय पाएपछि नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुँदै
प्रदेश २ सरकारमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सहभागी हुन लागेको छ। नेकपा एस दुई मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो। पार्टीका संसदीय दलका नेता शत्रुघन महतोको नेतृत्वमा सहभागी हुन लागेको हो।
नेकपा एसले उद्योग, पर्यटन, वन तथा वातावरण र कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय पाएकोमा उद्योग मन्त्रालयको मन्त्रीमा महतो र कानुन मन्त्रालयमा प्रमोद यादवलाई पठाउने संसदीय दलका नेता महतोले बताए।
केही दिनअघि मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा सामेल गराउन उद्योगमन्त्री रामनरेश रायलाई पदमुक्त गरेका थिए । नेता महतोले राज्यमन्त्रीको टुंगो भने अहिले नलागेको बताए।