एबी डी भिलियर्सले सबैखाले क्रिकेटबाट सन्न्यास लिए

जनपत्र
३ मंसिर २०७८, शुक्रबार १५:२८

काठमाण्डाै – दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर एबी डी भिलियर्सले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले सन्न्यासको घोषणा गर्दै लेखेका छन्, ‘यो एक अविस्मरणीय यात्रा रहेको छ, तर मैले क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेको छु ।’

डी भिलियर्सले पछिल्लो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा रोयल च्यालेन्जर्स बेङ्गोरका लागि खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०१८ मा सन्न्यास लिएका डी भिलियर्सले टी–२० लिग भने खेल्दै आएका थिए ।

उनले दक्षिण अफ्रिकाका लागि एक सय १४ टेस्ट, दुई सय २८ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । टेस्टमा डी भिलियर्सले आठ हजार सात सय ७५ रन, एकदिवसीयमा नौ हजार पाँच सय ७७ र टी–२० मा एक हजार ६ सय ७२ रन बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*