त्रिभुवन विमानस्थलबाट सुनजस्तै देखिने झन्डै २ किलाे पहेँलाे धातु बरामद

जनपत्र
३ मंसिर २०७८, शुक्रबार १३:५८

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ ।

बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

आज शुक्रवार बिहान दुबईबाट आएका सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*