सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, सात जना घाइते

जनपत्र
३ मंसिर २०७८, शुक्रबार १३:०८

सप्तरी – सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

खडक नगरपालिका वडा नम्बर ६ वीरपुरमा स १ त ६२५६ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा सिरहाको नरहा गाउँपालिका–३ की काशी देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ट्र्याक्टरले बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । घाइते सबैको राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*