दार्चुलाका सार्वजनिक यातायातमा यात्रु दोब्बर, भाडा तेब्बर
दार्चुलामा कोरोना महामारीको जोखिम रहिरहँदा पनि सार्वजनिक यातायातमा यात्रुको भीड बढेको छ। सार्वजनिक यातायातमा देखिएको भीडले महामारीको जोखिमलाई व्यवास्था गरेको प्रष्ट हुन्छ। बुधबार दिउँसो २ बजेको समयमा दार्चुला सदरमुकामबाट मालिकार्जुन मन्दिर मड जात्रा जानको निम्ति रामसिह कार्की सवारी साधन कुरिरहेका थिए।
तर, सबै गाडी भरिभराउ भएर गइरहेका थिए। गाडीको आशमा धेरैबेर प्रतिक्षा गरे। तर अन्ततः उनी उभिएरै जान बाध्य भए। सार्वजनिक यातायातमा जसरी पनि यात्रा गर्नु यात्रुहरुको बाध्यता नै हो। ठूलो ओहोदाका सरकारी कर्मचारीहरु सार्वजनिक यातायातमा सामान्यतयाः यात्रा गर्दैनन्।
त्यो कारण पनि उनीहरुलाई सार्वजनिक यातायातमा रहेको बेथितिबारे जानकारी हुँदैन। झन् उच्च ओहोदामा बस्नेलाई सार्वजनिक यातायातमा के भइरहेको छ भन्ने कुरोको वास्ता हुने कुरो पनि भएन। तर सास्ती भने यात्रुहरुले दिनहुँ खेपिरहनु परेको छ। सार्वजनिक यातायातमा रहेको बेथिति वर्षौंदेखि जस्ताको त्यस्तै छ।
ठेलमठेलमा कतै खुट्टा कुल्चिदिन्छन् भने कतै हात च्यापिन्छ। प्रशासनले सार्वजनिक यातायात सञ्चालनको हकसम्बन्धी सूचना सार्वजनिक गरेको लामो समय सम्म पनि सूचनामा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने भनिएको छ।
सार्वजनिक बसका ढोकासम्म यात्रु झुण्डिएका हुन्छन् तर पनि सीट खाली भन्दै सहचालकले यात्रु कोचिरहेका हुन्छन्। गुन्द्रुक खाँदेभन्दा बेस्सरी यात्रु खाँद्दा सास फेर्न हम्मेहम्मे पर्छ। त्यसमा पनि उनीहरुमाथि बस स्टपमा बस कुरेर बसेका सबैलाई कोच्न खोजेको आरोप लाग्ने गरेको छ।
बस,जिप र तेब्बर यात्रु कोचिन्छ। यात्रु तेब्बर हाल्ने,भाडा दोब्बर उठाउने रुटिन नै जस्तो छ। जिल्लामा विद्यार्थी,ज्येष्ठ नागरिक र अपांगलाई दिनुपर्ने छुटसमेत दिइएको पाइन्न। तर पनि यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरीबाट अनुगमन भएको पाइन्न। अहिलेको अवस्थामा सार्वजनिक यातायातमा यात्रा गर्नेमध्ये अधिकांशले मास्कसमेत लगाउँदैनन्। स्यानिटाइजर र सरसफाइ निकै परको कुरा भएको छ।
सार्वजनिक सवारीमा अझै पनि सुरक्षित भएर हिँड्नसक्ने अवस्था छैन,त्यसमा पनि अहिलेको महामारीमा। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले सार्वजनिक यातायातमा नजर राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको र बढि भाडा लिएको देखेमा कारबार्हि समेत गर्ने निर्देशन दिएको बताएका छन।
बुधबार मात्रै जिप व्यवसायिहरुले यात्रुहरुबाट ३ सय रुपैँया मालिकार्जुन सम्मको भाडा भएपनि ४सय रुपैँया तथा ओहोर दोहोर गरे ८ सय रुपैँया दिन बाध्यभएका थिए। महेन्द्रनगरपोष्टबाट