‘सरकारले संविधानविपरीत काम गरिरहेको छ’ : सुवास नेम्वाङ

जनपत्र
३ मंसिर २०७८, शुक्रबार ०६:०१

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले संविधानविपरीत काम गरिरहेको आरोप लगाएका छन्। विराटनगर पाञ्चालीस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्वसभामुख रहिसकेका नेम्वाङले संसद् हुदाँहुदै सरकारले संसद् बाहिरबाट बजेट ल्याउनु र दल विभाजनको विधेयक ल्याएर संविधान मिच्दै आएको बताए।

उनले आफूहरू प्रतिपक्षी दलका रूपमा रहँदै सरकारले गरेको कामकारबाहीको विरोध गर्दै आएको बताए। प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा मुलुकमा लगानी गर्नका लागि स्रोत नचाहिने प्रावधान राखेर सरकारले अपराधीलाई प्रश्रय दिने प्रयास गरेको बताए।

अहिलेको अवस्थामा मुलुक रहिरहे कालोसूचीमा नपर्ला भन्ने अवस्था नरहेको उनले प्रस्ट्याए। प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालतमा देखिएको विवादका सन्दर्भमा समेत बोल्दै आएको नेम्वाङले बताए। उनले भने, ‘इजलास बहिष्कार गर्नुलाई सही भन्न सकिन्न। यो दुःखद कुरा हो। हामी चाहन्छौँ, अदालतमा देखिएको विवाद चाँडै समाधान होस्।’

नजिकिँदो १० औं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै उनले भने, ‘अध्यक्षमा केपी ओली रहनुहुनेछ। बाँकी अन्य पदका लागि छलफल भइरहेको छ। सहमतिमा नेतृत्व तय गर्नेतर्फ केन्द्रित छौँ।’ देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*