बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

जनपत्र
३ मंसिर २०७८, शुक्रबार ०६:००

महोत्तरीमा जबरजस्ती करणी गरी एक महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुले गत असोज १३ गते राति भंगाहा नगरपालिकाकी ३५ वर्षीया एक महिलालाई बलात्कार गरेका थिए। घटनापछि बेहोस महिलाको असोज १४ गते उपचारको क्रममा मृत्यु भएको थियो। महिलाको मृत्युपश्चात फरार रहेका विपिनलाई गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका वडा नं। ५ मा लुकेर बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले दुबै जनालाई सार्वजनिक गरेको छ। पक्राउ परेका दुबै जनामाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक आचार्यले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*