लामिछानेद्वारा विकासका लागि प्रतिबद्धता, काँग्रेसबाट मात्र लोकतन्त्रको संरक्षण सम्भव

जनपत्र
२ मंसिर २०७८, बिहीबार २०:०६

हेटौँडा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रचार अभियानअन्तर्गत पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा कार्यकर्ता भेला सम्पन्न भएको छ । बिहीबार बागमती गाउँपालिका वडा नं। ५ को कोइराला दमारलगायतका स्थानमा भएको भेलामा काँग्रेसका नेताहरु लोकतन्त्रको संरक्षण काँग्रेसबाट मात्र सम्भव भएको बताउनुभएको छ । भेलामा काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले काँग्रेसलाई संस्थागतसँगै रुपान्तरण गर्ने नेतृत्व अबको आवश्यकता भएको बताउनुभयो ।

भेलामा काँग्रेस नेता जयराम लामिछानेले बागमती गाउँपालिकाभित्र निजी खर्चमा चार किलोमिटर सडक ग्राभेल गर्ने व्यवस्था गर्ने बताउँदै पालिकाभित्रका हरेक वडालाई दुई–दुई करोड रुपियाँ बजेट उपलब्ध गराउन दातृ निकायसँग समन्वय गर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा रोजगारी अवसर सिर्जना गर्न आफूले योजना तयार गर्दै गरेको जानकारी दिनुभयो । भेलामा लामिछानेले स्थानीयलाई खानेपानीको व्यवस्था गर्न पानी तान्ने मोटरसहित खानेपानीको पाइपसँग स्थानीय खेलाडीहरुलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो ।

भेलामा काँग्रेस महासमिति सदस्य धर्मराज लामिछाने, काँग्रेस मकवानपुरका जिल्ला सदस्य इन्दिरा न्यौपाने, बागमती गाउँपालिकामा पार्टी सभापति फणिन्द्र तिमिल्सिना, पूर्व सभापति भक्तबहादुर राई, तेपाल तरुण दलका जिल्ला सभापति सन्तोष न्यौपाने, क्षेत्रीय प्रतिनिधि पंकज थापा मगर, वडा नं। १ का वडाध्यक्ष खगेन्द्र वाइवालगायतका उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*