मकवानपुरका वनकरियाको हितमा संसद र सरकारको भूमिकाका विषयमा अन्तरक्रिया

‘वनकरियाको लागि आर्थिक र सामाजिक कार्यक्रम ल्याउँछौं–मन्त्री जमकट्टेल
जनपत्र
२ मंसिर २०७८, बिहीबार १७:५६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा वसोवास गर्दै आएका लोपन्मुख वनकरिया जातीका लागि संसद र सरकारको भूमिकाका विषयमा बिहीबार हेटौंडामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले वनकरियाको हितका लागि आर्थिक र सामाजिक कार्यक्रम ल्याउने वताउनुभयो । प्रदेश सरकारले उनीहरुको हितका निम्ति काम गर्ने समेत वताउनुभयो । सरकारको नीति तथा कार्यक्रममै समेटेर भएपनि राज्यको लोपन्मुख जातजातीका लागि बजेट ल्याएर काम गरिने वताउनुभयो ।

अहिले वनकरिया समुदाय वस्दै आएको जग्गाको स्वामित्व दिलाउनका लागि प्रदेश सरकार लागिपर्ने वताउनुभयो । उनीहरुको चाहना अनुसार बिद्यालय खोलीदिने, आयआर्जनका काममा सहयोग गर्न आफुहरु तयार रहेको मन्त्री जमकट्टेलले वताउनुभयो ।

वनकरियाको वस्ती सार्नका लागि समस्या भएको वताउँदै उहाँले भन्नुभयो–‘यहाँको वस्तीबाट वनकरियालाई सार्न पनि समस्या भएकाले उनीहरुको चाहना अनुसार अरु क्षेत्रमा सहयोग गर्नुपर्छ । वनकरियाले उपयोग गरेको जग्गा उनीहरुकै नाममा ल्याउनका लागि प्रदेश सरकार लागिपर्छ ।’

वनकरियाको विषयमा बजेट वनाउनका लागि प्रदेश सरकारलाई सहज रहेको वताउनुभयो । यस कार्यक्रमले प्रदेश सरकारलाई घच्घच्याउने काम गरेको उहाँले वताउनुभयो ।

वनकरिया वस्तीमा पहिलो पटक पुग्दा त्याहाँको विकासका लागि सरकारले काम गर्नुपर्ने देखे–निवर्तमान राज्यमन्त्री श्रेष्ठ

बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफु पहिलो पटक वनकरिया वस्तीमा पुगेर त्यहाँको वास्तविक अवस्था देख्दा सबैले त्याहाँको विकासका लागि काम गर्नुपर्ने वताउनु भएको छ । कार्यक्रमलाई संबोधन गर्दैउहाँले आफु जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको हो त्यही क्षेत्रबाट वनकरियाको सहयोगका निम्ति पहल गर्ने वताउनुभयो ।

वनकरिया वस्तैनै असुरक्षित रहेको वताउँदै उहाँले भन्नुभयो–‘वस्ती बचाउन सबै लागौं । सबै सरकार मिलेर मात्र त्यहाँ काम गर्न सकिने छ । हामी यो विषयमा संसदमा पनि कुरा उठाउँछौं ।’

वनकरियाको जिवनस्तर उकास्न तीन तहको सरकारले काम गर्नुपर्छ–प्रदेशसभाका सदस्य ग्लान

बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाको जिवनस्तर उकास्नका लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्ने वताउनु भएको छ । अव पहिलेको जस्तो भन्दा पनि उनीहरु पनि आधुनिकता तर्फ जाँदै गरेको वताउनुभयो । वनकरियाको समस्या समाधान कर्मचारीबाट हुन्छ भनेर आस गर्नु भन्दा पनि सरकारका जनप्रतिनिधिले गर्नुपर्ने वताउनुभयो । उनीहरुका लागि शिक्षा, स्वास्थ्यसंगै बसेको जग्गाको लालपूर्जा दिलाउन लाग्ने वताउनुभयो ।

वनकरियाहरु कमिला पिसेर खाँदै गर्दा जंगलको ओढारबाट त्यहाँसम्म ल्याइएको हो–पत्रकार विष्ठ

बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठले वनकरियाहरु जंगलमा कमिला पिसेर खानासंग खाँदै गर्दा जंगलको ओढारबाट त्यहाँसम्म ल्याइएको वताउनुभयो । आफु पहिलोपटक उनीहरुलाई भेट्न जाँदा त्यस्तो देखेको वताउनुभयो ।

वनकरियाका विषयमा समाचारमा विक्ने विषय भएकाले आफुले निरन्तर रिपोटिङ गरेको उहाँले वताउनुभयो । समाचार बिक्ने र कार्यान्वयन हुँदै गर्दा त्यहाँको समुदायहरु अहिले सामाजिक सुरक्षा भत्ता पाउने स्थिती सम्म पुगेको वताउनुभयो । उनीहरुका नाममा जग्गा नहुँदा सरकारले जनता आवास कार्यक्रम अन्तरगत घर वनाउन लाग्दा समेत समस्या भएको कान्तिपुर दैनिकका उपसम्पादक समेत रहनु भएको विष्ठले वताउनुभयो ।

अब सरकारले वनकरिया जातीसंगै लोपन्मुख समुदायको निशुल्क उपचार विमा गर्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा जनपत्र मिडिया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईले वनकरिया समुदायका लागि तीन तहका सरकारको ध्यान आकर्षण गर्न र नीति नियम वनाउँदा पनि सहज होस भनेर यो कार्यक्रम गरिएको वताउनुभयो । वनकरिया वस्तैमै पुगेर समेत उनीहरुसंग अन्तरक्रिया कार्यक्रमपछी अहिले भनेर फेरी सरकार र संसदलाई नीति वनाउन सहज होस भनेर कार्यक्रम गरिएको वताउनुभयो ।

कार्यक्रममा पत्रकारहरु श्रीजना नेपाल, अमृत चिमरिया, सुसन लामिछाने लगायतकाले प्रदेश सरकार र संसदले नीति र कानून वनाउँदा उनीहरुका कुरालाई समेट्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य सुदीप शिवाकोटी, प्रेश चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकाश दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*