प्रधानमन्त्री रोजगार कार्यक्रममा मकवानपुरका स्थानीय तहको संझौता

हेटौंडा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मकवानपुरका सबैजसो स्थानीय तहहरुले हिजो संझौता गरेका छन् । मकवानपुरका गरिब नागरिकलाई लक्षित गरेर यो कार्यक्रम जिल्लामा प्रभाबकारी गर्ने उदेस्यले दश वटै स्थानीय तहमा संझौता गरिएको हो । यो कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि संझौता सहित कार्यनयनमा ल्याइने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेर गरिब नागरिकलाई लक्षित गरेर काम गर्नका लागि हेटोंडा, मकवानपुर गढी, मनहरी गाउँपालिका लगायतका मकवानपुरका स्थानीय तहसंगै प्रदेश नम्बर ३ का सबै स्थानीय तहसंग यो कार्यक्रम संझौता गरिएको हो । गरिब संझौताका क्रममा लक्षित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश ३ स्तरीय अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । यस्तै उहाँले शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ भन्ने तथ्यांक खोज्ने र त्यसको जानकारी नागरिकलाई उपलब्ध गराउने पनि बताउनुभयो । त्यसका लागि रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नुपरेको पनि बताउनुभयो ।
मकवानपुरका स्थानीय तहका प्रमुखहरुले यो कार्यक्रमलाई आफ्ना गाउँपालिकामा प्रभाबकारी बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । संझौताको कार्यक्रम हिजो साँझ काठमाण्डौमा सम्पन्न भएको हो ।