ललितपुर महानगरमा आज र भाेलि भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै

जनपत्र
२ मंसिर २०७८, बिहीबार ११:२४

काठमाण्डाै – ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*