हेटौंडाको रंगशाला–चिसापानी सडक ४३ लाख लागतमा निर्माण हुँदै
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ रंगशाला चिसापानी जोड्ने सडकको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सडक निर्माणको शिलान्यास गर्नुभयो । कुल ४३ लाख ५३ हजार रुपैयाँ लागतमा यस सडकको स्लाब ढालन गर्न लागिएको हो । उपमहानगरपालिका क्षेत्रमा पूर्वाधार निर्माणको काम तिब्र गतिमा भइरहेको वताउनुभयो ।
जनप्रतिनिधि आएपछी हेटौंडाका टोलटोलमा पक्की सडक निर्माणले प्राथमिकता पाएको समेत वताउनुभयो । पहिले यहाँको सडक कच्ची हुँदा हिउँदमा छारो धुलो र वर्षायाममा हिलो हुने समस्या स्थानीय वासिन्दाहरुले भोग्दै आएका थिए । तर अब भने सडक पीच हुन सुरु भएपछ स्थानीय वासिन्दाहरु निकै खुसी समेत भएका छन् ।
हेटौंडामा पहिलेका ११ वडा संगै पछी थपिएका वडामा सडक पूर्वाधारका काम धेरै भएका छन् । कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, अधिवक्ता तथा समाजसेवी मदन कुमार दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।